सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ । चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।