काठमाण्डु – नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको छ।
शुक्रबार छापावाल सुनको मूल्य दुई लाख ९९ हजार ८०० रुपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला पाँच हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १२० रुपैयाँले घटेर पाँच हजार १३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




प्रतिक्रिया