काठमाण्डु- नेपाली बजारमा बिहीवार सुनको मूल्य तोलामा ४ सयले ओरालो लागेको छ । आज छापावाल सुन प्रतितोला ९० हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय निर्धारण गरिएको छ । यता चाँदी ताेलामा १ हजार १८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया