मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड

मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

सोमबार तोलामा ८२ हजार पाँच सय रुपैयाँमा कारोकार भएको सुन आज दुई सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

आज छापावल सुन प्रतितोला ८२ हजार सात सय रुपैयाँ र तेजावी सुनको मूल्य ८२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेर ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।