काठमाण्डु- नेपाली बजारमा बिहीवार सुनको मूल्य २ सयले ओरालो लागेको छ । आज तोलामा २ सयले ओरालो लागेर प्रतितोला ९१ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको मूल्य तोलामा ३ सयले ओरालो लागेर ९१ हजार ३ सयमा कारोबार भएको थियो । यता आज चाँदीको मूल्य भने स्थिर छ । हिजो जस्तै चाँदी आज तोलामा १२ सय १० मा कारोबार भइरहेको छ ।




प्रतिक्रिया