काठमाण्डु- नेपाली बजारमा आइतबार सुनको मूल्यमा स्थिरता कायम भएको छ । गत शुक्रबार प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९१ हजार १०० कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य भने तोलामा १० ले उकालो लागेर एक हजार २१० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया