काठमाण्डु- नेपाली बजारमा शुक्रवार सुनको मूल्य उकालो लागेको छ । आज छापावाल सुनको मूल्यु प्रतितोलामा १०० ले उकालो लागेर ९० हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९० हजार ८०० मा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार ४०० मा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज ओरालो लागेको छ। चाँदीको मूल्य प्रतितोला १० ले ओरालो लागेर १ हजार १९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया