काठमाण्डु – नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोलामा ४०० ले ओरालो लागेको हो ।
आज छापावाला सुन प्रतितोला ९० हजार ३०० मा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० ले ओरालो लागेर ८९ हजार ८०० मा कारोबार भइरहेको छ । आज यता चाँदीको मूल्य प्रतितोलामा २० ले ओरालो लागेर एक हजार १९५ मा कारोबार भइरहेको छ ।




प्रतिक्रिया