काठमाण्डु — नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा ओरालो लागेको सुनको मूल्य आज भने ८०० रुपैयाँले बढेको छ ।
आज सुन प्रतितोला ८०० रुपैयाँले उकालो लागेपछि ९० हजार ८०० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यता चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले उकालो लागेपछि आज १ हजार ३१० रुपैयाँमा कारोवार भइरहेको छ ।




प्रतिक्रिया