काठमाण्डु – नेपाली बजारमा शुक्रवार सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोलामा ६०० ले ओरालो लागेर ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य पनि तोलामा ६ सयले नै ओरालो लागेर ८८ हजार ५५० मा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ८९ हजार १५० मा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य भने प्रतितोलामा पाँचले ओरालो लागेर ११६० मा किनबेच भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया