सोमबार सुनको मूल्य तोलामा ३०० ले बढ्यो

सोमबार सुनको मूल्य तोलामा ३०० ले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोलामा ३०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोलामा  ८९ हजार ३०० मा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० मा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० मा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य आइतबारका तुलनामा प्रतितोला  १० ले उकालो लागेको छ । आइतबार प्रतितोला एक हजार १५० मा कारोबार भएको चाँदी आज प्रतितोला  एक हजार १६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।