काठमाण्डु – नेपाली बजारमा सुनको मूल्य शुक्रबार उकालो लागेको छ । सुनको मूल्य आज प्रतितोलमा ९०० ले उकालो लागेर ८९ हजार ६०० मा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ९०० ले नै उकालो लागेर ८९ हजार १५० कायम भएको छ । यता आज चाँदीको मूल्य पनि उकालो लागेको छ । हिजो १ हजार १२० मा किनबेच भएको चाँदीको मूल्य आज २० ले उकालो लागेर१ हजार १४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया