काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा २०० ले उकालो लागेर प्रतितोलामा ८९ हजार ८०० मा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला ८९ हजार ६०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य गत शुक्रबारको तुलनामा दुई सयले नै उकालो लागेर आज ८९ हजार ३५० कायम भएको छ ।
यता आज चाँदी तोलामा २० ले उकालो लागेर एक हजार १६० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया