काठमाण्डु – नेपाली बजारमा आइतबार सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको छ । आज सुनको मूल्य शुक्रबारको भन्दा १ सयले उकालो लागेको हो ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २५० मा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य प्रतितोला एक हजार १७५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया