सोमबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

सोमबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दसैंका कारण गत असोज २५ गतेदेखि बन्द सुनचाँदी बजार सोमबारदेखि खुलेको छ । नयाँ दररेटअनुसार आजदेखि सुनचाँदी बजार खुलेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

गत असोज २५ गतेको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोलामा ७ सयले उकालो लागेको छ ।  असोज २५ गते प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज ९१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि उकालो लागेको  छ ।  असोज २५ गते प्रतितोला १ हजार १ सय ८० मा कारोबार भएकाको चाँदीको मूल्य आज १ हजार २ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।