सोमबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

सोमबार सुनको मूल्य बढ्यो, तोलाको कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० कायम भएकोमा आज तोलामा २ सयले उकालो लागेर प्रतितोला ९३ हजार ९०० कायम भएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० कायम भएको छ । यता आज चाँदीको मूल्य पनि उकालो लागेको छ । चाँदीको मूल्य प्रतितोलामा १० ले उकालो लागेर एक हजार २७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।