काठमाण्डु- नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्य ५०० ले ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला ५०० ले ओरालो लागेर ९२ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार बजारमा छापावाला सुन पनि प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ९०० कायम भएको छ ।
आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला चाँदी १ हजार २ सय ८५ रहेको थियो । आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया