काठमाण्डु- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको छ ।
तेजाबी सुनको मूल्य पनि आज प्रतितोला ९१ हजार ८०० म कारोबार भइरहेको छ । यता चाँदीको मूल्य भने आज प्रतितोला १० ले ओरालो लागेर एक हजार २७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया