काठमाण्डु – बिहीबार नेपाली बजारमा सुनको भाउ १ हजार १ सय रुपैँयाले घटेको छ । हिजो ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजाबी सुनको भाउ समेत १ हजार १ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ५सय रुपैयाँ कायम भएको छ । यता चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घट्दै एक हजार ३ सय ४० रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया