१ हजारले घट्याे सुनकाे भाउ

१ हजारले घट्याे सुनकाे भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १ हजारले घटेको हो ।

हिजो १ लाख ५० हजार २०० रुपैयाँ कायम भएको सुन आज १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १ हजार ७६५ रुपैयाँ कायम भएको छ ।