पुनः १ लाख ९१ हजारबाट उकालो लाग्यो सुनको भाउ

पुनः १ लाख ९१ हजारबाट उकालो लाग्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा १७ सयले बढेको हो ।

हिजो १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेको छ । हिजो १९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज २०२५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।