एक तोला सुन किन्न १ लाख ९७ हजार ५ सय रुपैयाँ चाहिने

एक तोला सुन किन्न १ लाख ९७ हजार ५ सय रुपैयाँ चाहिने


काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।

शुक्रबारको तुलनामा सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो ।

शुक्रबार ४ हजार २ सय रुपैयाँले बढेर १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ भने स्थिर रहेको छ । शुक्रबार २१६५ रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।