काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो ।
हिजो १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउपनि घटेको छ । हिजो २३ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर २२५५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।




प्रतिक्रिया