काठमाडौं – सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ । आज सुनको भाउ ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मुल्य घटिरहेका बेला नेपालमा पनि दुईदिनदेखि लगातार सुनको मूल्य ओह्रालो लागिरहेको छ ।




प्रतिक्रिया