ह्वात्तै बढ्यो सुनको भाउ

ह्वात्तै बढ्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको भाउ तोलामा आज एकै दिन १ हजार ३ सय रुपैयाँले बढेको छ ।

यसअघि हिजो तोलाको ९० हजार ७ सयमा कारोबार भएकोमा आज १ हजार ३ सय रुपैयाँले बढेर ९२ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय पुगेको छ।

त्यसै गरी आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।