निषेधाज्ञा लागू भएसँगै घट्यो सुनको भाउ

निषेधाज्ञा लागू भएसँगै घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले निषेधाज्ञा जारी गरेपछि सुनको भाउ ओरालो लाग्न थालेको छ । शुक्रबार पनि सुनको भाउ प्रतितोला ९ सय रुपैँयाले घटेको छ ।

बिहीबार प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानाएको छ ।

हिजो (बिहीबार )तेजाबी सुन प्रतितोला ९० हजार ३ सय मा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ को तुलनामा सामान्य घटेको छ । महासंघका अनुसार चाँदीमा प्रति तोला २० रुपैयाँले घटेर १ हजार २ सय ९५ रुपैयाँ कायम भएको हो ।