काठमाण्डु – नेपाली बजारमा सुनको भाउ घटबढ भइरहेको छ । आज फेरी सुनको भाउ ३ सय रुपैँयाले घटेको छ । हिजो ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ३ सय रुपैँयाले घटेर ९० हजार ३ सय रुपैँया कायम भएको हो ।
यस्तै तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले घटेको छ । हिजो ९० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ घटेर ८९ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको भाउ पनि ५ रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
बैशाख महिना लगनको महिना भएपनि जारी निषेधाज्ञाका कारण करोवारमा कठिनाइ भएको सुनचाँदी ब्यवसायीहरुको गुनासो छ ।




प्रतिक्रिया