काठमाण्डु – आज पनि नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज फेरी ३ सय रुपैयाँले बढेको छ ।
बिहीबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर ९० हजार ६सय रुपैयाँ कायम भएको हो । त्यस्तै, तेजाबी सुन आज ९० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यता चाँदीको मूल्य भने गत बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ३सय १५ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया