सुनको मूल्य ९४ हजार पुग्यो

सुनको मूल्य ९४ हजार पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य एकैदिन १३ सय रुपैयाँ बढेको छ । योसँगै सुन तोलामा ९४ हजार रुपैयाँ पुगेको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो । ९४ हजार पुगेसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो ।