काठमाण्डु – नेपाली बजारमा सुनको भाउ एक सय रुपैयाँले बढेको छ । पछिल्ला दिनहरुमा सुनको भाउ लगातार उकालो लागिरहेको छ ।
शुक्रबार एकै दिन एकै दिन १ हजार १ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ पुगेको सुनको भाउ आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुनको भाउ पनि १ सय रुपैयाँले बढेर ९१ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ बढेर १ हजार ३ सय ४५ कायम भएको छ । जारी लकडाउनका कारण काठमाण्डुका पसलहरु बन्द भएपनि काठमाण्डुबाहिर भने न्युन कारोवार भइरहेको छ ।




प्रतिक्रिया