सुनको मूल्य उच्च वृद्धि, तोलामा ९३ हजार ४ सय कायम

सुनको मूल्य उच्च वृद्धि, तोलामा ९३ हजार ४ सय कायम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको भाउ आज ६ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ६ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

साथै आज तेजाबी सुन प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कामय भएको छ । यस्तै, चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ पुगेको छ ।