काठमाण्डु – नेपाली बजारमा सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको छ ।
बुधबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ बढेर बिहीबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम गरिएको छ । यसैगरी आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ ।
चाँदी प्रतितोला १ हजार ३सय ६० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ रहेको थियो ।




प्रतिक्रिया