सुनको मूल्य एकैदिन १२ सय बढ्यो

सुनको मूल्य एकैदिन १२ सय बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य एकैदिन १२ सय बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेको छ ।

आइतबार प्रतितोला ९६ हजार तीन सय रहेको सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ । त्यस्तै चाँदीको मूल्य १२ सय १० पुगेको छ ।

आइतबार चाँदीको मूल्य ११ सय ५० रहेको थियो । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै बढिरहेको महासंघले जनाएको छ।