काठमाण्डु – नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । शुक्रवार तोलाको ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको हो ।
आइतबार सुनको भाउ तोलामा ९० हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । शुक्रवार तोलाको १३ सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी आज भाउ घटेर तोलाको १२ सय ९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।




प्रतिक्रिया