काठमाण्डु — नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । लगातार दुई दिन लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेको हो ।
बुधबार छापावाल सुनको मूल्य तोलाको ९० हजार ७०० रुपैयाँले कारोबार भइरहेको नेपाल सनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार यता चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले ओरालो लागेर तोलाको १२ सय ९५ कायम भएको छ ।




प्रतिक्रिया