काठमाण्डु — नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । सुनको मुल्य सोमबारको तुलनामा आज ३०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि आज उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोवार भइरहेको छ ।




प्रतिक्रिया