सुनको भाउ तोलामा ६ सयले बढ्यो, चाँदी कति ?


काठमाण्डु – बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उतारचढाब आएको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement