सुनको मूल्य नौ सय बढ्दा नयाँ रेकर्ड

सुनको मूल्य नौ सय बढ्दा नयाँ रेकर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनको मूल्य नौ सय बढ्दा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ तोकेको छ । सोमबार सुन १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तोकिएको जुन मूल्य अघिल्लो दिनको तुलनामा ९ सयले बढी हो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८७५ रुपैयाँ कायम भएको छ ।