सुनको भाउ तोलामा १२ सय घट्यो


काठमाण्डु – सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ । सुन चाँदी व्यवसायी महासंघले बुधबार सुनको मूल्य प्रतितोला ९४ हजार तीन सय पुगेको बताएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रहेको थियो । महास‌ंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement