निरन्तर सात दिन बढेपछि घट्यो सुनको मूल्य

निरन्तर सात दिन बढेपछि घट्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य आज घटेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महसंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ४० रुपैयाँले घटेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो चार कारोबार दिनदेखि चाँदीको मूल्यले उचाई बनाउदै बढेको थियो ।