काठमाण्डु – स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एक तोला छापावाल सुनको मूल्य एक लाख ५९ हजार २०० कायम भएको जानकारी दिएको छ ।
सोमबार सुन तोलाको एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।
यसैगरी, सोमबार एक हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज १५ रुपैयाँ घटेर एक हजार ८३५मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




प्रतिक्रिया