सुनको मूल्य २०० रुपैयाँले घट्यो

सुनको मूल्य २०० रुपैयाँले घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले ओरालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला २०० ले घटेर ९१ हजार ३०० मा कारोवार भएको छ । बिहीबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० मा कारोवार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ८०० मा कारोवार भएको छ । बिहीबार प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो । चाँदी आज प्रतितोला एक हजार १६५ मा कारोवार भएको छ ।

बिहीबारका तुलनामा चाँदी प्रतितोला १० रुपैयाँले ओरालो लागेको हो । बिहीबार चाँदी प्रतितोला एक हजार १७५ मा कारोवार भएको थियो ।