काठमाण्डु – सुनको मूल्यमा भारी गिरावट आएको छ । एक लाख नाघेको सुनको मूल्य एकै दिन ६ हजार घटेर प्रतितोला ९५ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले मंगलबार एक लाख एक हजार चार सय प्रतितोला सुनको भाउ बुधबार ९५ हजार चार सय रुपैयाँमा झरेको जनाएको छ ।
यस्तै चाँदीको मूल्य १२ सय १० रुपैयाँ तोला कायम भएको छ ।




प्रतिक्रिया