काठमाडौं – सोमबार सुनको मुल्य ह्वात्तै बढेको छ । आइतबार प्रतितोला ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार १५ सयले बढेर ६७ हजार ८ सय पुगि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । यो नेपालमा कारोबार भएको हालसम्मकै उच्च मूल्य हो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । आइतबार ९ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपैयाँ बढेर ९ सय ९५ पुगेको छ ।
फेडरल रिजर्भ बैंकले ब्याजदर घटाएकै कारण सुनको मूल्य बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।




प्रतिक्रिया