सुनको मूल्य घट्यो


काठमाण्डु – साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन घटेर प्रतितोला १ लाख आठ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा एक हजार चार सय १५ रुपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement