तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – मंगलबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको छ।

तेजाबी सुन १ लाख १० हजार ६५० कायम भएको छ। सोमबार ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ९०० मा कारोबार भएको थियो। सुनको मूल्य बढेपनि चाँदी भने स्थिर छ।

आज प्रतितोला चाँदी १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।