सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो

सुनको मूल्य प्रतितोला ८ सयले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ पुगेको छ।

अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला १ लाख ११ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। चाँदी प्रतितोला १४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार १४१५ रुपैयाँमा बिक्री भएको थियो।