सुनको मूल्य घट्याे,आज कतिमा हुँदैछ काराेबार ?

सुनको मूल्य घट्याे,आज कतिमा हुँदैछ काराेबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केहि दिनयता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आज सात सय रुपैयाँले घटेको हो । बिहिबार पनि पाँच सय रुपैयाँले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार तीन सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार तीन सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।