घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ३५० रुपैयाँ कायम छ । साथै, आज चाँदीको मूल्य घटेर प्रतितोला १३ सय ७५ रुपैयाँ कायम भएको छ ।