सुनको मूल्य स्थिर,आज कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य स्थिर,आज कतिमा हुँदैछ कारोबार?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइतबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको हाे ।

छापावाल सुन तोलामा एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शनिबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।